Wed Aug 10 2022
देश

बर्दिया अस्पतालमा जनशक्ति अभाव, १० चिकित्सकको दरबन्दीमा ३ जनाले काम चलाउँदै,

मुरली गोडिया, बर्दिया । बर्दिया जिल्लाको सबैभन्दा पुरानो बर्दिया अस्पतालमा जनशक्ति अभाव भएको छ ।

अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । बर्दिया अस्पतालमा जनशक्ति अभावले समास्या भएको छ ।

आकस्मिक, मातृशिसु, शल्यचिकित्सा, जेष्ठ नागरिक उपचार लगायतका एक दर्जन स्वास्थ्य सेवादिने भनिएपनि जनशक्ति अभावले सेवा दिन कठिनाई भएको हो ।

जिल्लाको साढे ४ लाख जनसंख्यालाई १० जना दक्ष चिकित्सक सहित २ सय १५ जना कर्मचारी आवस्यकता पर्छ ।

तर विडम्बना ३ जना चिकित्सक सहित १ सय ८ जनाकर्मचारीको भरमा सेवा प्रवाह भैरहेको छ । एनेस्थेसीयोलोजिष्ट अर्थौपेडिक्स लगाएतका सेवाहरु चिकित्सकअभावले दिन नसकिएको अस्पतालले जनाएको छ ।

सिकिस्त विरामीहरुका लागि अक्सिजन सहितको उच्चस्तरिय सेवा हाई डीपेन्डेन्सी युनिट–एचडीयु तथाआईसीयू सेवा संचालनका लागि ल्याईएका वेड लगायतका सामाग्रीहरु पूर्वाधार लगायत दक्ष जनशक्तिअभावमा थन्किएका छन् ।

सेवा संचालनकालागि करार ३२ जना स्टाफनर्श,२ जनाफिजिसियन सहित ८ जना मेडीकल अफिसर डाक्टर, २ कार्यालय सहयोगीलगायत १ जना ईलेक्ट्रिशियन कर्मचारी प्रदेस सरकार समक्ष माग गरिएको भएपनि हालसम्म अस्पतालमा आएका छैनन ।

विरामीको चाप दैनिक बढ्दै जाँदा भौतिक संरचाना तथा स्वास्थ्यकर्मीको अभावले टीनको छाना मुनीबाट ओपिडी संचालन भैरहेको छ ।

अस्पतालबाट लैंगिक हिंसा ब्यवस्थापन, सामाजिक सेवा ईकाई, विमा सेवा संचालनमा छ । हाडजोर्नी, मुटुरोग, नाक,कान, घाँटी, छाला रोग बाहेकका सम्पूर्ण सेवाउपलब्ध गराउँदै आएको छ ।

जनशक्ति अभावले दुरदराजका गाँउबाट आएका सेवाग्राहीले उचित सेवा सजिलै पाउनन कठिन भएको छ ।