Mon Jan 24 2022
मुख्य खबर

गोरुको आक्रमणबाट ७० वर्षीय बृद्धको मृत्यु

काभ्रे । काभ्रेमा गोरुको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका ६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।