Mon Jan 17 2022
मुख्य खबर

रोल्पामा ढुङ्गाले लागेर आमा–छोरीको मृत्यु

काठमाडौं । रोल्पामा ढुङ्गाले लागेर आमा–छोरीको मृत्यु भएको छ। बुधबार बिहान रोल्पा नगरपालिका–९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डिएसपी नरेश सुवेदीले जानकारी दिए।

ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो।