Sat Jan 22 2022
मुख्य खबर

कस्तो रहला आजको मौसम ?

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम विश्लेषण गरी जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यो क्रम पर्सी (शनिबार)सम्मै कायम रहने जनाएको छ ।

उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोधसमेत गरेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान
२०७८ आश्विन ७ गते (बिहीबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ८ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ९ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।