Mon Sep 26 2022
मुख्य खबर

नेकपा (एकीकृत समाजवादी)ले आजै महासचिवको टुंगो लगाउने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि  बस्दैछ ।

मंगलबारदेखि सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठक बुधबार सकिने भनिएको थियो । तर महासचिव चयन गर्ने लगायतका विषय बाँकी रहेकाले बिहान ११ बजे बैठक पुनः बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडकाअनुसार बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ । यसअघि  बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।