जुवा खेलेको आरोपमा काठमाडौंको पेप्सीकोलाबाट १३ जना पक्राउ

जुवा खेलेको आरोपमा काठमाडौंको पेप्सीकोलाबाट १३ जना पक्राउ
बिहिबार, अशोज ७, २०७८

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पेप्सीकोलामा सञ्चालित ‘मिनी क्यासिनो ’मा प्रहरीले छापा मारेको छ । छापा मारेर क्यासिनो शैलीमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

पेप्सीकोलास्थित हरहर महादेवमा रहेको कमल दाहालको घरमा विदुर दाहालले सो मिनी क्यासिनो सञ्चालन गरेका थिए । जुवा खालबाट १८ लाख ७५ हजार बरामद गरिएको छ । क्यासिनो शैलीमा जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका १ सय ६० वटा क्वाइन महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बरामद गरेको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा दोलखा घर भई काँडाघारी बस्ने उत्तम दाहाल, मणि दाहाल, सुवास तामाङ, नारायण दाहाल, सुन्दर अधिकारी, नयाँ बस्ती बस्ने सरोज तामाङ र कञ्चनपुर घर भएका प्रवीण खड्का लगायत छन् । खालबाट प्रहरीले ७ गड्डी तास पनि बरामद गरेको छ ।