राजधानीमा थप ४०४ जनामा कोरोना संक्रमण

राजधानीमा थप ४०४ जनामा कोरोना संक्रमण
बिहिबार, अशोज ७, २०७८

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४५ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा १०७ जना कोरोना संक्रमित थपिएका हुन् ।