लागुऔषध गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

लागुऔषध गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ
बिहिबार, अशोज ७, २०७८

मकवानपुर । एकसय ७५ किलो लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ११ थानाभर्‍याङबाट १ सय ७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुईजनालाई पक्राउ गरेको हो।

निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार ना ३ ख ५९५० नम्बरको ट्रकबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको थियो।

गाँजा बोकेर हिँडेको ट्रकसहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका ९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहानगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्की छन्।