सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राइँ

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राइँ
बिहिबार, अशोज ७, २०७८

काठमाडौं । नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ ।

कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो ।

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि कोरोना संक्रमणको जोखिम बढ्ने खतरा रहेको बताए । उनका अनुसार बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ । उनले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै आवागमन सुचारु गर्दा जोखिम कम हुने सुझाव दिए ।

निर्देशक झाले चाड पर्वमा सतर्कता अपाउनुपर्ने आवश्यकता औंल्याउँदै कोरोना महामारी कम भएपछि मात्रै आवागमन सुचारु गर्न उपयुक्त हुने बताउनु बताए । नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेको थियो ।