कस्तो रहला आगामी तीन दिनको मौसम ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?
शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको जनाएको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाले देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्यतया सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ८ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ९ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १० गते (आइतबार)