जोडिनुहोस
  • होमपेज
  • सिंगापुरविरुद्ध बहराइनको सानदार जित

सिंगापुरविरुद्ध बहराइनको सानदार जित

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइन सानदार सुरुआत गरेको छ । टियु मैदानमा भएको खेलमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले पराजित गरेको हो ।

बहराइनले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४३ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५४ रन मात्र बनायो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ६५ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । विनोथ वसकरनले ५२ बलमा २३ रन बनाए ।

थिलिपन ओमिदुरीले २६ बलमा २० रन बनाए । कप्तान आरित्र दत्त र रोहन रंगराजनले समान ११/११ रन बनाए ।

बहराइनका लागि इम्रान अनवर ४ तथा रिजन बटले ३ विकेट लिए । अब्दुल मजिदले २ तथा अलि दाउदले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो।

बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धशतकीय ईनिङ खेले । फैज अहमदले ५९ बलमा ७९ रन बनाउँदा शाहबाज बदरले ९८ बलमा ७६ रन बनाए ।

साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए । सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २/२ विकेट लिए ।

जितसहित प्रतियोगिता सरुआत गरेको बहराइन २ अंक सहित समूह बी को स्थानमा रहेको छ । दोस्रो खेलमा पनि अंकबिहिन रहेको सिंगापुर समूह बी को पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका