त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता
शुक्रबार, अशोज ८, २०७८

काठमाडौं– त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन्। पृथ्वी राजमार्गको मुग्लिननजिक सडकबाट बिहीबार ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ।

राति १२ बजेतिर इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट कार त्रिशूलीमा खसेको थियो।

घटनामा कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। बेपत्ताला हुनेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका एक पुरुषको भने उद्धार गरिएको र उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।