४५१ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

४५१ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै
शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३४० कोरोना संक्रमितको आईसीयूमा र १११ को भेन्टिलेटरमा गरी कुल ४५१ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७३ जना आईसीयूमा र ३१ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २ जना आइसीयूमा र बागमती प्रदेशमा १७३ जना आईसीयूमा र ६४ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ३९ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४५ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै कर्णालीमा ४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।