भारतीय विदेशमन्त्रीले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई

भारतीय विदेशमन्त्रीले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई
शुक्रबार, अशोज ८, २०७८

काठमाडौं – भारतका विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले डा। खड्कालाई सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । भारतका विदेशमन्त्रीले खड्कासँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

डा. खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका थिए । बुधबार कार्यभार सम्हालेलगत्तै उनी हिजो नै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् ।