काठमाडौं उपत्यकामा थप ३६४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ३६४ जनामा कोरोना संक्रमण
शुक्रबार, अशोज ८, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २५६ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन् ।