जोडिनुहोस
  • होमपेज
  • कोलकत्तालाई हराउदै दिल्लीको पहिलो जित

कोलकत्तालाई हराउदै दिल्लीको पहिलो जित

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित हात पारेको छ। छैटौं खेलमा पहिलो जित निकाल्नेक्रममा दिल्लीले घरेलु मैदानमा भएको खेलमा कोलकत्ता नाईट राईडर्सलाई ४ विकेटले पराजित गरेको छ ।

कोलकत्ताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि ओपनर तथा कप्तान डेबिड वार्नरले ४१ बलमा ११ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।

मनिष पान्डे २१ रनमा आउट हुँदा अक्षर पटेल १९ रनमा अविजित रहे । पृथ्वी शाले १३ रन बनाउँदा ललित यादव ४ रनमा अविजित रहे ।

कोलकत्ताका लागि अनुकुल रोय,वरुण चक्रवर्ती र कप्तान नितिश राणाले समान २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारिक ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय २७ रन मात्र बनायो ।

कोलकत्ताका लागि ओपनर जेसन रोयले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए ।

आन्द्रे रसलले ३१ बलमा अविजित ३८ रन बनाउँदा मन्दिप सिंहले ११ बलमा १२ रन बनाए । कोलकत्ताका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीका लागि एनरिच नोर्किया,अक्षर पटेल,कुलदिप यादव र ईशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए ।

छैटौ खेलमा पहिलो जित हात पारेको दिल्ली २ अंक सहित पुछारमा रहेको छ। छ खेलमा तेस्रो हार सामना गरेको कलकत्ता ६ अंकका साथ आठौं स्थानमा रहेको छ।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका