अछाममा खोलामा डुबेर बालकको मृत्यु

अछाममा खोलामा डुबेर बालकको मृत्यु
शनिबार, अशोज ९, २०७८

अछाम – अछाममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका–१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका छन् ।