पूर्वयुवराज्ञी हिमानी र अभिनेत्री मनीषाबीच भेटवार्ता

पूर्वयुवराज्ञी हिमानी र अभिनेत्री मनीषाबीच भेटवार्ता
सोमवार, अशोज ११, २०७८

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेकी छन् ।

शाह र कोइरालाबीच शनिबार राति भेटघाट भएको पुष्टि गर्दै अभिनेत्री कोइरालाले सामाजिक सञ्जाल फेसबुकबाट तस्वीर सार्वजनिक गरेकी छन् । भेटमा के विषय कुराकानी भयो भन्ने खुलाइएको छैन ।

तर मनिषाले फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन्। जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’