जोडिनुहोस
  • होमपेज
  • ओमानमाथि नेपालको सानदार जित

ओमानमाथि नेपालको सानदार जित

काठमाडौं । कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा सानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे ।

ओमानले ४६.३ ओभरमा ओमानको नवौं विकेट ढाल्दै नेपालले ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै खेल समाप्तिको घोषणा गरिएका थियो । ओमानले २२६ रन मात्रै जोड्न सक्यो ।

त्रिवि मैदानमा भएको खेलमा नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले खाता खोल्न नसकि आउट भएपछि नेपाललाई कप्तान रोहित पौडेल र भिम कार्कीले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ५२ रनको साझेदारी भयो ।
आउट हुनुअघि रोहितले ३४ बलमा २ चौकाको मद्दतले २३ रन बनाएका थिए ।

उच्च फर्ममा रहेका भीमले ५६ बलमा एक छक्का र ४ चौकासहित ३३ रन जोडे । १८ रनको अन्तरालमा उनीहरु दुवै आउट भएपछि दवावमा परेको नेपाललाई कुशल मल्लले उद्दार गरे । उनले ओमानमाथि काउन्टर अट्याक गर्दै नेपाललाई खेलमा फर्काए ।

कुशलले एकदिवसीयमा आफ्नो पहिलो शतक पुरा गरेका छन्, त्यो पनि केवल ५९ रनमा । उनको विष्फोटक इनिङमा १० छक्का र ९ चौका सामेल थिए । कुशलले मध्यक्रमका भरपर्दा ब्याट्सम्यान आरिफ शेखसँग ७५ रनको महत्वपूर्ण साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट ।

आरिफपछि सातौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरीको ब्याट आज चलेन । उनी १० बलमा ७ रन बनाएर आउट भएपछि क्रिजमा आए सोमपाल कामी । कुशल र सोमपालबीच ४९ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । ४०ं।४ ओभरमा नेपालले २२१ बनाउँदा कुशल १०८ रनको निजी स्कोरमा पेभिलियन फर्किए ।

कुशल आउट भएपछि नेपालको ब्याटिङ फेरि दवावमा परेको थियो । तर, सोमपाल कामीले सुझबुझपूर्ण ब्याटिङ गर्दै नेपाललाई अहिलेसम्मकै उच्च योगफलमा पुर्याए । उनलाई दशौं नम्बरमा आएका करण केसीले साथ दिए । उनीहरुबीच नवौं विकेटका लागि ६१ रनको साझेदारी भएको थियो ।

सोमपालले ४८ बलमा ६३ रन बनाएर अविजित रहे । उनको इनिङमा ९ चौका सामेल थिए । यस्तै करणले एक छक्का र तीन चौकासहित १५ बलमा २९ रन बनाएर अविजित रहे ।

दोस्रो इनिङमा ब्याटिङ गर्न उत्रेको ओमानले आक्रामक सुरुवात गरेको थियो । ४.३ ओभरमा ३२ रन बनाएपछि ओमानको विकेट पतन सुरु भयो । ललित राजवंशीले जतिन्दर सिंहलाई आउट गर्दै नेपाललाई ब्रेक थ्रु दिलाए । सन्दीप लामिछानेले छोटो अन्तरालमा ३ विकेट लिएपछि ओमान खेलमा फर्किन सकेन । नेपालका लागि करण केसीले पनि ३ विकेट लिए भने ललितले २ र दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका