जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको साँखु लप्सीफेदी सडकमा चार वटा टिपर एकैपटक दुर्घटना

काठमाडौंको साँखु लप्सीफेदी सडकमा चार वटा टिपर एकैपटक दुर्घटना

काठमाडौं : काठमाडौंको साँखु–लप्सीफेदी सडकमा चार वटा टिपर एकैपटक दुर्घटनामा परेका छन्। शनिबार बिहान काठमाडौंको साँखु–लप्सीफेदी स्थित जंगलमा चार वटा टिपर एकैपटक ठोकिएका हुन्।

बा ५ ख ४५७०, ना ८ ख २९१९, प्रदेश ३–०१–००६ ख १०७२ र बा ३ ख ३९२७ नम्बरको टिपर एकैपटक ठोकिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बिहान सवा ५ बजे दुर्घटना भएको बताए।

उनका अनुसार दुर्घटनामा एक जना चालक घाइते भएका छन्। साँखुस्थित पिपुल्स लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ। तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका