जोडिनुहोस
  • होमपेज
  • देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको छ : डा. बाबुराम

देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको छ : डा. बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्ट भएको उल्लेख गर्दै  दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमन रूपी हावा बगिरहेको बताए।

उनले वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले देशभित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरूको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए। उनले विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताए। उनले सिद्धान्त नभएका मान्छेहरूले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरूको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए। उनले नयाँ पार्टीहरूले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री भट्टराईले मार्क्सले बनाएका विचारको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको उल्लेख गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका