जोडिनुहोस
  • होमपेज
  • जुम्ला विमानस्थललाई स्तरोन्नति गरिने

जुम्ला विमानस्थललाई स्तरोन्नति गरिने

जुम्ला : जुम्ला विमानस्थललाई स्तरोन्नति गरिने प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ)ले बताइन्।

सानो जहाज मात्र अवतरण गर्ने भएकाले यात्रु मर्कामा परेको भन्दै ठूलो जहाज अवतरण गर्न विमानस्थलको स्तरोन्नतिको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीलाई जानकारी गराएको भन्दै सांसद ल्हामुले आगामी बजेटमा यो कुरा आउने बताइन्।

विमानस्थलको धावनमार्ग सानो हुँदा सानो जहाज आइरहेको र अब ठूलो क्षमताको जहाज अवतरण गर्न सोहीअनुसारको काम हुनुपर्ने भन्दै कामको शुरुवात गरिएको उनले बताइन्। मन्त्री किरातीले जुम्ला विमानस्थललाई विस्तार गरेर मानसरोवरलाई ध्यान दिएर पनि काम गर्नुपर्ने बताएको ल्हामुले जानकारी दिइन्।

त्यसैगरी कर्णालीमा अनलाइनबाट पनि टिकट लिन मिल्ने भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन्। पहुँचको भरमा टिकट पाइने कर्णालीमा ल्हामुकै पहलमा पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि अनलाइन टिकटको सुरुवात गरिएको थियो।

नेपाली भाषाको उद्गम क्षेत्र जुम्लाको सिँजालाई विकास गर्नका लागि सिँजा सभ्यता र विकासका लागि पहिलो चरणमा संग्रहालय लगायतका काम हुन लागेको उनले बताइन्। सिँजा सभ्यता र विकासका लागि संघीय सरकारको मन्त्रिपरिषद्‌बाट समेत सम्बोधन भएको ल्हामुले बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका