पपस्टार शाकिरामाथि बार्सिलोनाको पार्कमा बँदेलको आक्रमण

पपस्टार शाकिरामाथि बार्सिलोनाको पार्कमा बँदेलको आक्रमण
शुक्रबार, अशोज १५, २०७८

लसएञ्जल्स (बीबीसी) – पपस्टार शाकिराले आठ वर्षको छोरासँग बार्सिलोनाको पार्कमा घुमिरहँदा आफूहरुमाथि दुईवटा बँदेलले आक्रमण गरेको बताएकी छन् ।

कोलम्बियन गायिकाले आफ्नो झोला थुत्नुअघि उनीहरुले आक्रमण गरेको र आफूहरु रुखको पछाडि गएर लुकेको उल्लेख गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रृंखलाबद्ध किसिमले आफूमाथि भएको घटनाबारे बताएकी छन् । उनले आफ्नो च्यातिएको झोला क्यामरातिर देखाउदै ‘हेर्नुहोस् मलाई आक्रमण गरेका बँदेलले कसरी मेरो झोला पार्कमा छोडेका छन् रु’ भन्दै प्रश्न गरेकी छन् ।

‘उनीहरुले मेरो मोबाइलसहितको झोलालाई रुखमा लगिरहेका थिए’, गायिकाले भनेकी छन्,‘उनीहरुले सबै बर्बाद पारे ।’

बार्सिलोनाका फूटबलर पिता जेरार्ड पिकेकी श्रीमति शाकिराले छोरा मिलान तिर देखाउदै ‘मिलनले सत्य कुरा बोल्छ । तिम्रो आमाले बँदेलको आक्रमणको सामना कसरी गरिन् भनिदेऊ’ भनेकी छन् ।

क्याटलन राजधानीमा पछिल्लो वर्षमा बढ्दो रुपमा आक्रमक देखिएका बँदेलको आक्रमणमा पर्ने साकिरा पछिल्लो पीडित हुन्