जोडिनुहोस
  • होमपेज
  • बारा–२ मा जारी मतदान निष्पक्ष गराउन सरकारसँग माग

बारा–२ मा जारी मतदान निष्पक्ष गराउन सरकारसँग माग

काठमाडौं : नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा–२ मा जारी मतदान निष्पक्ष गराउन सरकारसँग माग गरेका छन्। प्रहरी प्रशासन नै सत्ता गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेकाले निष्पक्ष निर्वाचन गराउन उम्मेदवारले माग गरेका हुन्।

ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा, सनफुलवा, सिचाई  वुथ लगायत वुथहरुमा प्रहरीका सई,असै नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने, कव्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धांधलीका रुपहरु नांगो रुपमा देखिई रहेका छन । यसले स्वच्छ निर्वाचन गराउने गठवन्धन सरकारको माखौल उडाएको छ । म यस प्रकारका गतिविधी रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछौं,’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका