आज नेपाली बजारमा कति छ सुनको मुल्य ?

आज नेपाली बजारमा कति छ सुनको मुल्य ?
शुक्रबार, अशोज २२, २०७८

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।