अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण, सय भन्दा बढीको मृत्यु

अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण, सय भन्दा बढीको मृत्यु
शनिबार, अशोज २३, २०७८

अफगानिस्तानमा एक मस्जिदमा शुक्रबार विस्फोट हुँदा १ सय भन्दा बढीको ज्यान गएको छ ।
अफगानिस्तानको कुन्दुज सहरको एक सिया मस्जिदमा शुक्रबार नमाज पढ्दै गर्दा भएको विस्फोटमा १ सय भन्दा बढीको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् । यस्तै ५० भन्दा बढी घाइते भएको जनाइएको छ । रिपोर्टका अनुसार मस्जिदमा करिब ३०० जना उपस्थित थिए । कुन्दुजका उप प्रहरी प्रमुख मोहम्मद ओबैदाहले मस्जिदमा रहेका अधिकांश मानिसहरु मारिएको बताएका छन् ।


अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि यो देशको सबैभन्दा ठूलो आक्रमण हो । कुन्दुजको संस्कृति र सूचना निर्देशक मतिउल्लाह रौहानीले यो आत्मघाती हमला भएको बताएका छन् । आक्रमणको जिम्मेवारी हालसम्म कुनै संगठनले नलिएको उल्लेख छ । यद्यपी अफगानिस्तानमा सक्रिय आईएसआईएस–खुरासन समूह यस विस्फोटको पछाडि हुन सक्ने जनाइएको छ । आईएसआईएसले शिया मुस्लिमहरुको विरोध गर्दै आएको छ ।