कंगोमा डुङ्गा दुर्घटना, ५० बढीको मृत्यु

कंगोमा डुङ्गा दुर्घटना, ५० बढीको मृत्यु
आइतवार, अशोज २४, २०७८

डेमेक्रेटिक रिपब्लिक कंगोमा डुङ्गा दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको छ । कंगो नदीमा भएको उक्त दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको अलजिराले जनाएको छ ।

यस्तै, ६० भन्दा बढी बेपता भएकाछन् । दुर्घटनामा ३९ जनाको सुरक्षित साथ उद्धार गरिएको छ । दुर्घटनालाई लिएर प्रान्तीय अधिकारीहरुले तीन दिनको शोकको घोषणा गरेका छन् । अधिकारीहरुका अनुसार बेपताहरुको खोजी र उद्धार कार्य जारी राखिएको छ ।

सकेसम्म धेरै मानिसहरु लाई जीवितै बचाउन सकिनेमा आशावादि रहेको उनीहरुको भनाई छ । अधिकारीहरुले खराब मौसम वा ओभर लोडका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेकै कारण कंगोमा डुङ्गा दुर्घटना भइरहन्छन् । यस अघि फेब्रुअरीमा माई–नदोम्बे प्रान्तको कंगो नदीमा एक डुङ्गा पल्टिदाँ ६० जनाको ज्यान गएको थियो । यस्तै, मे २०१० मा पश्चिमी प्रान्त बण्डुण्डुमा डुङ्गा पल्टिदाँ १३५ भन्दा बढी मानिसहरुको ज्यान गएको थियो ।