जोडिनुहोस
  • होमपेज
  • बौद्ध संस्कृतिको संरक्षण मात्र होइन प्रचारप्रसार पनि गर्नुपर्छः भारतको अरुणाचल प्रदेश मुख्यमन्त्री

बौद्ध संस्कृतिको संरक्षण मात्र होइन प्रचारप्रसार पनि गर्नुपर्छः भारतको अरुणाचल प्रदेश मुख्यमन्त्री

इटानगर— भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।
उनले अरुणाचल प्रदेशमा बौद्धहरूको ठूलो संख्या रहेको र उनीहरूले आफ्नो संस्कृति र परम्परालाई सुरक्षित राखेको बताए।

‘यसको मतलब हामीले भगवान बुद्धका शिक्षाहरूलाई तर्क र विश्लेषणको दायरामा ल्याउन सक्छौं। यो तर्क विज्ञानमा आधारित छ र सायद बुद्ध धर्म एक मात्र धर्म हो जसले आफ्ना अनुयायीहरूलाई यो स्वतन्त्रता दिन्छ,’ उनले भने।

देशका सबै हिमाली राज्यहरूका प्रतिनिधिहरूलाई स्वागत गर्दै मुख्यमन्त्रीले अरुणाचल प्रदेश धार्मिक अनुयायीहरूको मिश्रण भएको बताए। इन्डियन हिमालयन काउन्सिल अफ नालंदाले बौद्ध धर्मको पवित्र स्थान मध्येको एक तवाङ जिल्लाको जेमिथाङमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा देशका विभिन्न भागबाट ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

जेमिथाङ भारतीय सीमा नाका हो, जसबाट १४औं दलाई लामा सन् १९५९ मा भारत प्रवेश गरेका थिए, त्यसैले यहाँ यो सम्मेलन आयोजना गर्नु निकै महत्वपूर्ण रहेको मुख्यमन्त्रीले बताए ।

बौद्ध धर्म विश्वव्यापी रूपमा विस्तार भइरहेको र केही परम्परागत क्षेत्रहरूमा महत्त्वपूर्ण पुनरुत्थानको साक्षी रहेको कुरालाई ध्यानमा राख्दै खाँडुले नालन्द बौद्ध धर्मसँग जोडिएको इतिहासलाई जिवन्त राख्न आवश्यक रहेको बताएका छन्। सन् १९५९ मा तिब्बतमाथि चिनियाँ आक्रमणपछि १४ औँ दलाई लामा जेमिथाङ नाकाबाट नै भारत गरेका थिए । सोही कारण यस सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका