जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मूख्यमन्त्रीहरुले आज सपथ लिँदै

लुम्बिनी र  गण्डकी  प्रदेशका नवनियुक्त मूख्यमन्त्रीहरुले आज सपथ लिँदै

काठमाडौं— लुम्बिनी र गण्डकी प्रदेशकानवनियुक्त मुख्यमन्त्रीले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार बिहान साढे ११ बजे मुख्यमन्त्री अमिक शेरचनबाट सपथ लिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले पनि शपथ लिने बुझिएको छ । माओवादीबाट एक जना र साना दलहरुको तर्फबाट दुई जनालाई सपथ गराइने बुझिएको छ ।

यस्तै, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिने कार्यक्रम छ ।

मुख्यमन्त्रीसँगै केही मन्त्रीको पनि शपथ हुने बुझिएको छ । मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले सबै मन्त्रीहरुको सपथ नहुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका