पछिल्लो २४ घण्टामा ३ सय ६५ जना कोरोना पुष्टि, ४ जनाको मृत्यु

६ सय ९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३ सय ६५ जना कोरोना पुष्टि, ४ जनाको मृत्यु
बुधबार, अशोज २७, २०७८

काठमाडौं । नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । भने ४ जनाको मृत्यु भएको छ ।

६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।