जोडिनुहोस
  • होमपेज
  • कर्णालीका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज सांसदबाट तेस्रो पटक विश्वासको मत लिँदैछन् । २७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए ।

राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए । एमालेले समर्थन फिर्ता लिएसँगै अघिल्लो बिहीबार कांग्रेससहितको नयाँ सरकारले पूर्णता पाएको छ ।

आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ । साथै आज नै संसदीय समितिहरूले समेत पूर्णता पाउने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका