जोडिनुहोस
  • होमपेज
  • शेखरको कांग्रेस जोगाउने देशव्यापी अभियान आजबाट, कार्यकर्ता र जनतासँग प्रत्यक्ष संवाद गर्ने

शेखरको कांग्रेस जोगाउने देशव्यापी अभियान आजबाट, कार्यकर्ता र जनतासँग प्रत्यक्ष संवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आजबाट कांग्रेसमा जागरण तथा रुपान्तरणका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएका छन् ।

विराटनगरमा कार्यकर्ता भेटघाट र भेला गरेर देशव्यापी अभियान थाल्ने डा. कोइरालाले बताए । कोइरालाले यो अभियानका क्रममा सबै जिल्ला पुगेर कार्यकर्ता र जनतासँग पनि भेट्ने र कुरा सुन्ने बताएका छन् ।

उनले भने, ‘आज विराटनगरबाट मैले देशव्यापी अभियान थाल्दैछु । कांग्रेसका कार्यकर्तालाई भेट्छु र निराश नहुन भन्छु । अहिले ठाउँ-ठाउँमा कांग्रेसका कार्यकर्ताले पार्टी छाडेका खबर आइरहेका छन्, म त्यसलाई रोक्न प्रयास गर्छु । यसक्रममा म जनतालाई पनि भेट्छु ।’

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पराजित भएका कोइरालाले १५औं महाधिवेशनको समेत तयारी थालेका छन् । उनले सरकारका गलत कामको आफूले भण्डाफोर गर्ने समेत बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका