लेबनानमा गोली हानाहान, ६ जनाको मृत्यु

लेबनानमा गोली हानाहान, ६ जनाको मृत्यु
शुक्रबार, अशोज २९, २०७८

एनेन्सी । लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो ।

क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

उनीहरूले लेबनिज फोर्सेस (एलएफ) को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन ।

एलएफले उक्त आरोप अस्वीकार गरेको छ। गत वर्ष तटीय सहरमा भएको ठूलो विस्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो ।

उक्त विस्फोटको संलग्नताको विषय अनुसन्धान भइरहँदा हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश तारेक बितार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन् । तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन् ।