साफ च्याम्पियनसिपः फाइनल खेलमा नेपाल–भारत भिड्दै

साफ च्याम्पियनसिपः फाइनल खेलमा नेपाल–भारत भिड्दै
शनिबार, अशोज ३०, २०७८

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन् ।

माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ ।

यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो ।

उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो ।

निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका सहज भने छैन । भारतले भने नेपाललाई आफूले बलियो प्रतिष्पर्धीको रुपमा मानेको छ ।