जोडिनुहोस
  • होमपेज
  • डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार

डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार

इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको र हराइरहेका एक जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी कुक्व विडोडोले बताएका छन् । सुरक्षा अधिकारीहरू दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेका छन् ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त उक्त डुङ्गामा ७४ जनाभन्दा बढी यात्री रहेका अनुमान गरिएको छ । यात्री सूचीमा उल्लेख भएभन्दा अधिक मानिसलाई यात्रामा सामेल गराउनु इण्डोनेसियामा सामान्य भएकाले मृतक र बेपात्ता यात्रीको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका हुन् ।

करिब १७ हजार टापु भएको इण्डोनेसियामा सुरक्षाका पर्याप्त उपाय नअपनाउँदा समुद्री दुर्घटना नियमित रुपमा हुने गरेका छन् । सन् २०१८ मा सुमात्रा टापुमा पानी जहाज डुब्दा एक सय ५० जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका