साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता
आइतवार, अशोज ३१, २०७८

काठमाडौँ- नेपाल १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपविजेता बनेको छ ।

माल्दिभ्समा शनिबार राति भएको फाइनलमा नेपाललाई ३–० गोलले पराजित गर्दै भारत आठौँ पटक च्याम्पियन बन्दा नेपाल उपविजेतामा सीमित भएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको थियो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो ।