टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल

टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल
आइतवार, अशोज ३१, २०७८

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ ।

युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुँदैछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच ३:४५ प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दोस्रो खेलमा बेलुकी ७:४५ बजे बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।