सुदूरपश्चिम प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना
आइतवार, अशोज ३१, २०७८

काठमाडौँ– देशभरको मौसममा आज पनि बदलाव आएको छ ।

मौसममा आएको बदलावसँगै कयौँ स्थानमा सामान्यदेखि ‘भारी’ वर्षाको सम्भावना रहेको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अधिकांश प्रदेशको मौसममा बदली भएको हो ।

सोही प्रणालीको असरले प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।