गोरखामा बिहानै भूकम्पको धक्का

गोरखामा बिहानै भूकम्पको धक्का
आइतवार, अशोज ३१, २०७८

काठमाडौँ- गोरखामा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ४ बजे ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो ।