सामान्य झगडामा कुटपिट हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

सामान्य झगडामा कुटपिट हुँदा श्रीमानले गरे श्रीमतीको हत्या
आइतवार, अशोज ३१, २०७८

रसुवा । घरायसी विषयमा झै–झगडामा कुटपिट हुँदा रसुवामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

रसुवा नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको हो ।

आपसी झगडामा उनकै श्रीमान ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिँडीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन् ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीको टोलि घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएको थियो । उनको उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको प्रशरीले जानइको छ ।

कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।