टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु

टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु
आइतवार, अशोज ३१, २०७८

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ ।

युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुदैछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ ।

ओमान र पपुवाबीचको खेल ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।