सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ यात्रु घाइते, ४ को अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ यात्रु घाइते, ४ को अवस्था गम्भीर
आइतवार, अशोज ३१, २०७८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना भएको छ ।

बसमा सवार ३५ यात्रु घाइते भएका छन् । भने ४ को अवस्था गम्भीर रहेको बताइएको छ ।

बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको हो ।

सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरी गरेको छ । काठमाण्डौं–धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो ।