मोहन वैद्य नर्भिक अस्पताल भर्ना

मोहन वैद्य नर्भिक अस्पताल भर्ना
आइतवार, अशोज ३१, २०७८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा केही समस्या देखिएपछि आज बिहान नर्भिक अस्पताल भर्ना भएका हुन् ।

७४ वर्षीय वैद्य लामो समयदेखि दमको रोगबाट पीडित थिए ।

वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिए ।