जोडिनुहोस
  • होमपेज
  • राष्ट्रसंघकी आवासीय संयोजक हाना र परराष्ट्रमन्त्री एनपी साउदको भेटवार्ता

राष्ट्रसंघकी आवासीय संयोजक हाना र परराष्ट्रमन्त्री एनपी साउदको भेटवार्ता

काठमाडौँ- नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्रमन्त्री साउदलाई भेटेकी हुन् ।

भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो ।

साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबार नै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका