Mon Aug 8 2022
खेलकुद

टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाको विजयी सुरुआत

काठमाडौं । श्रीलंकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

आबुधाबीमा गएराति भएको खेलमा नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद सुरुआत गरेको हो ।

नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए ।

यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए । कुशल परेराले ११, दिनेश चण्डीमालले ५ तथा पाथुम निसान्काले ५ रन बनाए ।

नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।

नामिबियाका लागि क्रेग विलियम्सले २९ रन जोड्दा गेर्हार्ड एरास्मुसले २० रन बनाए । जेजे स्मिथले अविजित १२ रन जोडे ।

नामिबियाका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ विकेट लिए ।

लाहिरु कुमारा र वाविन्दु हसरंगाले २÷२ विकेट लिए । चामिका करुनारत्ने र दुश्मन्था चामिराले १÷१ विकेट लिए ।