Wed Aug 10 2022
देश

आज मोहम्मद जयन्ती मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् ।

मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।