Wed Aug 17 2022
मुख्य खबर

भारतमा बाढी पहिरोमा परि ३ नेपाली सहित ४२ को मृत्यु

 

भारतको उतराखण्डमा बाढी पहिरो चट्याङमा परि ४२ जनाको मृत्यु भएको छ ।
उतराखण्ड कै कुमाउमा मंगलबार आएको अत्याधिक वर्षाका कारण बाढी पहिरोमा परि एकैदिन ४२ जनाको ज्यान गएको भारतिय सञ्चारमाध्यमले जनाएकाछन् ।
पहिरो, घर भत्कदा, चट्याङ र पानीमा करेन्टजस्ता कारणबाट ४२ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा नेपालका तीन मजदुरहरु पनि रहेको जनाइएको छ । यस्तै, बाढी प्रभावित क्षेत्रहरुबाट ३०० भन्दा बढी मानिसहरुको उद्धार गरिएको जनाइएको छ ।
यसैबिच उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले जो जहा छ त्यहि रहन अपील गरेका छन् । उनले मौसम सुधार हुनु अघि यात्रा सुरु नगर्न सचेत समेत गराएकाछन् ।
यससगै राज्यमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । राज्य आपद व्यवस्थापनका सचिव एसए मुरुरेसनका अनुसार पछिल्लो २४ घण्टामा राज्यमा २०० मिमी भन्दा बढी वर्षा भएको छ । यसैबिच भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमा विपद्को क्रममा ज्यान गुमाएका मानिसहरुको मृत्युप्रति शोक व्यक्त गरेकाछन् ।