भारी वर्षापछिको बाढीपहिरो र डुबानमा ८८ जनाको मृत्यु

भारी वर्षापछिको बाढीपहिरो र डुबानमा ८८ जनाको मृत्यु
बिहिबार, कार्तिक ४, २०७८

काठमाडौँ-  भारी वर्षापछिको बाढीपहिरो र डुबानमा बुधबार बेलुकीसम्म ८८ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमबाट आइतबार सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार मात्रै देशभर ७२ जनाको मृत्यु भएको छ ।

बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६/६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १/१ जनाको ज्यान गएको हो ।

परी २८ जना बेपत्ता भइका छन् । ३१ जना घाइते भएका छन् । आजबाट भने वर्षा कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।