Thu Jan 27 2022
देश

सुधारियो मौसम, तत्काल ‘ठूलो’ वर्षा नहुने

काठमाडौँ- ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा रोकिएको छ ।

आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ‘भारी’ वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न छाडेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ‘भारी’ वर्षाको सम्भावना छैन तथापि केही स्थानमा छिटफुट वर्षा भइरहन्छ,’ पौडेलले भने । आजदेखि अधिकांश स्थानमा घाम लाग्ने पूर्वामान गरिएको उनले जानकारी दिए ।

यद्यपि आगामी २४ घण्टा प्रदेश नं १,  वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तीन दिनको पूर्वानुमान

२०७८ कार्तिक ०४ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ कार्तिक ०५ गते शुक्रबार

दिउँसो : प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ कार्तिक ०६ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।