Fri Jan 21 2022
मुख्य खबर

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजोको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १ हजार २६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।